चितवन, शेयर बजारमा उतार चढाव भईरहँदा त्यसको व्यवस्थापन कला सिकाउन भरतपुरमा तालिमको आयोजना गरिएको छ । इन्टेलिजेण्ट स्टक इन्भेष्टर नेपालले आगामी शनिबार शेयर बजारका विज्ञद्वारा तालिम दिन लागेको हो ।
शेयर बजारका नवप्रवेशिदेखि लगानीकर्तासम्मलाई लक्षित गरी तालिम आयोजना गरिएको हो । शनिबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म शेयरविज्ञ सहितको टोलीले भरतपुरमा प्रशिक्षण दिने आयोजक संस्था इन्टेलिजेण्ट स्टक इन्भेष्टर नेपालका सञ्चालक सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार शेयर बजारमा प्रवेश गर्न चाहने, भर्खरै प्रवेश गरेका र लगानी गरिरहेका सबैलाई समेटेर तालिम हुनेछ । तालिममा शेयर विज्ञ सन्दिपकुमार चौधरीले प्राविधक पक्षको र मुक्ति अर्यालले आर्थिक पक्षको विश्लेषण गर्नुहुनेछ । शेयर बजारका अन्य जानकारहरुबाट समेत तालिम हुनेछ ।
शेयर बजार विषयमा विद्यावारिधी गरिरहनु भएका मधुसुदन लामिछानेले पछिल्लो समयमा नबुझिकन लगानी गरेरका र बजारको अस्थिरताका कारण निराश भएका लगानीकर्ताहरुलाई कसरी लगानी गर्ने भन्ने बारे तालिम दिईने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले शेयर बजार हल्लाको भरमा लगानी गर्ने धेरै छन् जसले गर्दा हजारौंले घाटा बेहोनुपर्ने अवस्था छ । यस्तो अवस्थामा बजारको विश्लेषण कसरी गर्ने भनेर तालिम दिन लागेका हौं ।” शेयर बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताउँदै उहाँले तालिमले सही ठाउँ र समयमा लगानी गर्न सिकाउनु बताउनुभयो ।
इन्टेलिजेण्ट स्टक इन्भेष्टर नेपालका अर्का सञ्चालक बलराम सापकोटाले अन्यौलमा रहेका लगानीकर्तालाई तालिमले सही बाटो देखाउने बताउनुभयो । उहाँले तालिमले हौसियर लगानी गर्ने र सामान्य गिरावट आउँदा निराश हुनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।
आयोजक संस्थाका संचालक रविन घिमिरेले एक हजार रुपैयाँ शुल्क तिरेर तालिममा सहभागी हुन पाईने जानकारी दिनुभयो । खाजा, पानी, हल र प्रशिक्षणक खर्चका लागि मात्रै शुल्क लिईएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले नाफा आर्जन गर्नका लागि होइन, व्यवस्थापनका लागि मात्रै न्यून शुल्क लिएर तालिम आयोजना गरेका हौं ।
चितवन, नवलपरासी, मकवानपुर, गोरखा, धादिङ लगायतका जिल्लाबाट सहभागी आउने आयोजकको अपेक्षा छ । चितवनमा ५० हजार हाराहारी शेयर लगानीकर्ता रहेको अनुमान छ । त्यसमध्ये बुझेर शेयर बजारमा लगानी गर्नेहरुको संख्या न्यून रहेको छ । तालिमले लगानीको अवसर, समय, परिस्थिति र हुन सक्ने जोखिममा बारेमा ज्ञान दिने अपेक्षा गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस