काठमाडौँ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको माग राख्दै प्रदर्शन गरेको छ । महासंघले बुधबार काठमाडौको माइतीघरमा प्रदर्शन गरेको हो । सञ्चारमाध्यमहरुमा लामो समयदेखि श्रम समस्या रहेको र पटकपटक हल गर्नलाई अनुरोध गर्दा पनि समस्या हल नभएसी आन्दोलनमै उत्रिनुपरेको महासंघले जनाएको छ ।
पत्रकार तथा सञ्चारकर्मीहरूलाई लामो समयदेखि तलब नदिने, घटुवा गर्ने, संस्थाबाट निकाल्ने गरेकाले त्यस्ता संस्थालाई दबाब दिन आन्दोलन शुरू गरेको महासंघका महासचिव रोशन पुरिले बताए ।
श्रमसँग सम्बन्धित पारिश्रमिक नपाएका पत्रकार र उनीहरुले काम गर्ने संस्था तथा आवश्यक पर्दा मिडिया मालिकहरुको घरसम्म पुगेर उनीहरुलाई दबाब दिने महासंघको भनाइ छ ।
प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले मिडिया हाउसको मालिकले श्रमजीवी पत्रकारलाई तलब नदिएर मिडियाले कमाएको पैसा अन्य ठाउँमा लगेर लगानी गरेको आरोप समेत लगाएका छन् । उनले भने-´संचालक ज्यु! तपाईंहरुले पैसा नभएर तलब नदिएको होइन,पत्रकारीताबाट कमाएको पैसा लगेर तपाईंले जग्गा किन्नुभयो,हाइड्रोमा लगानी गर्नुभयो,माफियालाई पोस्नु भयो।´
तलब नदिएर श्रम शोषण गर्नेहरुमा नागरिक दैनिक ,इमेज च्यानल,सगरमाथा रेडियो,सारा खबर डटकम,खबर मुकाम डटकम,एभिन्युज टेलिभिजन,अन्नपूर्ण पोस्ट दैनिक ,नेपाल आज जस्ता दर्जन भन्दा बढी मिडिया हाउसहरु रहेको छ ।
एक्यवद्धता कार्यक्रममा रिपोर्टस क्लबका अध्यक्ष तथा प्राइम टेलिभिजनका संचालन ऋषि धमला पनि उपस्थित भएका थिए । उनले मिडिया हाउसको मालिकले श्रम शोषण गर्न नपाउने बताएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस