३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दाका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ ।
मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले यस्तो सजाय सजाय सुनाएको हो ।
सुन तस्करीमा प्रयोग गरिएका भरिया सनम शाक्यको हत्या प्रकरणमा ज्यान मुद्दा अन्तर्गत ८ जनालाई दोषी ठहर गरेको हो । जसमध्ये गोरेसहित ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष तथा अर्का एकजनालाई ६ महिना कैद सजाय भएको अदालतका श्रेस्तेदार टीकेन्द्र वीरजंग राणाले बताएका छन् ।
जन्मकैदको सजाय सुनाइएकाहरुमा चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।
त्यस्तै तीन वर्षको आंशिक सजाय पाउनेमा राजन कुमार राई छन् । माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना सजाय तोकिएको छ ।
अदालतले तस्करी प्रकरणमा मुछिएका दुईजनाबाहेक बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकृतहरूलाई भने सफाइ दिने फैसला सुनाएको छ ।
प्रतिवादी ७३ जनामध्ये फरार रहेका २१ जनाको हकमा भने अदालतले मुल्तबीमा राख्ने निर्णय लिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस