यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ ।
प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीहरुको ज्यान गएको यमनको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् ।
यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् ।
मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।
उक्त हवाई आक्रमणमा २८ जना हुथी विद्रोही मारिएका र त्यस कारबाहीका क्रममा अरु केही घाइते भएका पनि बताइएको छ । उक्त प्रान्तमा यसअघि पनि समयसमयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।
साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ ।
यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।आइतबारको कारबाहीका क्रममा हुथीहरुले प्रयोग गर्ने गरेका केही शक्तिशाली हतियारहरु पनि पक्राउ गरिएको समाचारमा जनाइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस