काठमाडौं बैशाख। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानतिर जाँदै गरेका बेला असन्तुष्ट समूहले गोप्य भेला र बैठकहरू गरेको रहस्य बाहिर आएको छ ।
नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूको गोप्य बैठक बसेको छ । मंगलबार काठमाडौंमा भएको बैठकमा स्थायी समितिको बैठकमा प्रस्तुत हुने रणनीतिका विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।
स्थायी समितिको बैठक बोलाउन भन्दै दुई अध्यक्षलाई पत्र लेखेका नेकपाका २० जना स्थायी समितिका सदस्यहरूको बैठक भएको छ । नेकपाका प्रचण्ड र नेपाल समूहका २० स्थायी समिति सदस्यले स्थायी समितिको बैठक बोलाउन माग गर्दै वैशाख १० गते दुई अध्यक्ष खड्गप्रसाद ओली र प्रचण्डलाई इमेलमार्फत पत्र पठाएका थिए ।
पत्र पठाउनेमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, डा.बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लीलामणि पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, हरिबोलप्रसाद गजुरेल थिए ।
सरकारले ८ वैशाखमा दुई विवादास्पद अध्यादेश ल्याएपछि विवाद बढेको थियो । तर, प्रधानमन्त्री ओलीले सचिवालयमार्फत विवाद अन्त्यको प्रयास गरेका थिए । तैपनि असन्तुष्ट समूहले पार्टीभित्रको विवादलाई साम्य हुन दिने संकेत गरेको छैन । उता, ओलीले मंगलबार प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरूसँग एक्लाएक्लै भेटवार्ता गरेका छन् । ती भेटवार्ताहरूमा सचिवालयको बैठक र स्थायी समितिको बैठकका विषयमा छलफलहरू केन्द्रित रहेको जनाइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस