जिल्याण्डले कोरोना भाइरस विरुद्धको युद्ध जितेको प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बताएकी छन् । परीक्षण नभएको कोरोना भाइरसका कुनै पनि केस न्यूजिल्याण्डमा नरहेको उनले बताएकी हुन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन न्यूजिल्याण्डले सोमबार मध्यरातदेखि केही खुकुलो पार्दै छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने लक्ष्य न्यूजिल्याण्डले प्राप्त गरेको स्वास्थ्य विभागका महानिर्देशक डा. एब्ले ब्लूमफिल्डले बताएका छन् । यसको अर्थ कोरोना भाइरसको संक्रमण कतै नरहेको भन्ने नभइर त्यसको स्रोत थाहा रहेको उनले स्पष्ट पारेका हुन् ।
न्यूजिल्याण्डमा सोमबार एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै थप एकजनाको मृत्यु भएको छ । अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । यस्तै कुल संक्रमितको संख्या १४ सय ६९ छ र त्यसमध्ये ८० प्रतिशत भन्दा बढी निको भएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस