१२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण अणिहरुलाई समस्या परेको भन्दै कृषि विकास बैंकले सहुलियत दिएको छ । बैंकले प्रदान गर्ने कर्जामा ३ प्रतिशतसम्म ब्याजदर छुट दिने बैंकले जानकारी दिएको हो ।
बैंकको एक वर्षको अवधिमा १२ प्रतिशतमा कर्जा लगानी गरेको थियो । घटाएर ११ बनाएकोमा लकडाउनका बेला अणिहरु समस्यामा परेको भन्दै बैंकले ९ प्रतिशतमा ब्याजदर झारेको बैंकका प्रवक्ता हिमलाल पौड्यालले जानकारी दिए ।
प्रवक्ता पौड्यालका अनुसार यो सुविधा पुराना तथा नयाँ ऋणि सबैले पाउनेछन् । अर्थात यस अघि ११ प्रतिशत ब्याज तिर्दै आएका ऋणिले ९ प्रतिशतमात्रै तिरे हुनेछ । बैंकले १ लाख ४५ हजार ऋणिलाई १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने १ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
अन्य बैंकहरुले ब्याजदर घटाउने निर्णय जेठ एक गतेदेखि कार्यान्वयन गर्ने बताइरहेका बेला कृषि विकास बैंकले भने एक गतेदेखि नै कार्यान्वयन भइसकेको जानकारी दिएको हो ।
प्रवक्ता पौडेलका अनुसार चैत अन्तिम साता बैंक सञ्चालक समितिले निर्णय गरेर १ वैशाखबाट कार्यान्वयन नै शुरु भइसकेको छ । यसैगरी बैंकले साधारण बचतको ब्याजदर पनि ५ प्रतिशत दिने बताएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस