फाल्गुण २१ ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । यसमा १५ जना इटालीका पर्यटक समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार ३ जना केरलामा (स्वस्थ भइसकेको), १ जना दिल्ली, ६ जना आगरा, १ जना हैदराबाद र १६ जना इटालियन पर्यटक, एक जना उनीहरुको ड्राइभर रहेका छन् ।
कोरोनभाइरसको संक्रमितको सङ्ख्या बढेपछि भारतले इटाली, इरान, दक्षिण कोरिया र जापानका नागरिकलाई मार्च ३ वा सोभन्दा अगाडि दिइएका सबै भिसा रद्द गरेको छ भने नयाँ भिसा दिन बन्द गरेको छ ।
अब सबै अन्तर्रा्ष्ट्रिय यात्रुहरुले विमानस्थलमा आफूले यात्राको स्थान, सम्पर्क विवरण लगायत फारम भर्नुपर्नेछ । कोरोनभाइरसको संक्रमण बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले होलीको कार्यक्रममा सहभागी नहुने बताइसकेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस